स्वास्थ्य क्षेत्र विग्रन दिन्न : मन्त्री थापा

काठमाडौं–असोज ७ । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा अनियमितता हुन नदिने दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा विहीबार पत्रकारसंगको भेटमा मन्त्री थापाले सरकारी अस्पतालहरुको व्यवस्थापन पक्ष अत्यन्त कमजोर भएकाले अनियमितता बढेको भन्दै त्यस्तो अनियमितता रोक्न लागि परेको बताउनुभएको हो । उहाँले अस्पतालहरुमा भएका सामाग्रीको सही सदुपयोग नगर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास घटेको बताउनु

नीजि क्षेत्रबाट पहिलोपटक हृदय रोग अस्पताल

काठमाडौं–असोज २ । निजी क्षेत्रको लगानीमा काठमाडौंमा हृदय रोग अस्पताल ‘गौतम बुद्ध इन्टरनेसनल कार्डियाक हस्पिटल’ सञ्चालन भएको छ । काठमाडौं–३५ फुलबारीमा करिब पाँच करोड रुपैयाँको लगानीमा स्थापना भएको १५ शैयाको यो अस्पतालले सरकारी शुल्क स्वसरहमा सेवा दिने जनाएको छ । डा. विकास सुवेदीका अनुसार अस्पतालमा ईसीजी, इको, टीएमटी, होल्टर, एबीपीए, ईईसीपी, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर, भल्भ रिप्लेन्समे

कोशी अस्पतालको सेवा सुधार्न स्वास्थ्य मन्त्रीको निर्देशन

विराटनगर–असोज २ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिनुभएको छ । अस्पतालको निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालको सेवा सुधारको आवश्यकता औल्याउँदै आवश्यक उपकरण सहयोग गर्ने आश्वासन दिनुभएको हो । मन्त्री थापाले  अस्पताल र स्वास्थ्य सेवा गरिव जनताको स्वास्थ्यका लागि समेत भएको भन्दै कुनै पनि बहानामा स्वास्थ्य सेवाबाट आमनागरिक

सहनियन्त्रक भण्डारीले पुरा गरे पीएचडी

काठमाडौं–भदौं ३०। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट समाजशाष्त्र विषयमा पिएचडी (विद्यावारीधी) सम्मको शिक्षा पुरा गर्नुभएको छ । समाजशाष्त्रअन्तर्गतको मेचे जातीको सामाजिक परम्परा र उनीहरुको जीवनशैली विषयमा भण्डारीले सोधपत्र तयार पार्नुभएको हो । राजधानीको त्रिचन्द्र क्याम्पसमा समाजशाष्त्र विषयमा अध्यापन गरिरहेका भण्डारी ५ वर्षदेखि

शिक्षाको विकासमा सबै लाग्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं–भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक क्षेत्रको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभभएको छ । बानेश्वर क्याम्पसको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधार गरि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सके मात्र देशको विकास हुने भन्दै शिक्षा क्षेत्र सुधारका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले अहिले

म्याग्दीमा व्यवस्थित, बधस्थल नहुँदा दूषित मासुको बिगबिगि

म्याग्दी–भदौ २४ । म्याग्दीको सदरमुकाम बेनीमा व्यवस्थित बधस्थल नहुदा उपभोक्ता दूषित मासु उपभोग गर्न बाध्य भएका छन् । बेनी बजारको बहुउद्देश्यीय खेलमैदान र डल्लेपिपलमा असुरक्षित र पूर्वाधार बिनै बधस्थल सञ्चालन भएकाले उपभोक्ता दूषित मासु उपभोग गर्न बाध्य भएका हुन् । बधस्थलको सरसफाई, मासु ढुवानी र फोहोर व्यवस्थापनमा ध्यान नदिइदा  वरपरको वातावरण समेत प्रदुषित भएको स्थानीयको गुनासो छ । दैनिकजसो राँगा र

तराईमा बढ्यो सर्प आतंक

सप्तरी–भदौ २४ । सप्तरीमा दुई महिना यता सर्पको टोकाइबाट ६ जनाको ज्यान गएको छ । यो क्रम तराईका अन्य जिल्लामा पनि बढ्दो क्रममा देखिएको छ । बुधबार मात्रै सप्तरिमा सर्पको टोकाइबाट अर्नाहा गाविसका १५ वर्षीया रामकुमारी चौधरीको ज्यान गएको छ । घरमा बसेको अवस्थामा सर्प टोकेपछि गम्भीर भएकी रामकुमारीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल मृत्युभएको थियो । दुई महिनायता सर्पको टोकाइबाट १ सय ७ जना घाइते भ

झमक घिमिरेलाई मानर्थ पिएचडी

काठमाडौं–भदौ २१ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधी उपाधिबाट सम्मान गरेको छ । .विश्वविद्यालयले सोमबार काठमाडौंमा भएको विषेश दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले घिमिरेलाई यो उपाधी प्रदान गर्नुभएको हो । विक्रम सम्बत् २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गत जे

जाजरकोट अस्पतालमा सुरु भयो ब्लड ट्रान्समिसन सेवा

जाजरकोट–भदौ १८ । जाजरकोट अस्पतालमा पहिलो पटक ब्लड ट्रान्समिसन सेवा सुरु भएको छ । भेरीमालिका–जगतीपुरकी १४ वर्षीय निर्मला चन्दको शरीरमा ब्लड ट्रान्समिसन गरी यो सेवा सुभारम्भ गरिएको हो । स्वास्थ्यकर्मीले जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान रत्नबहादुर नेपालीको शरीरबाट १ प्वाइन्ट रगत निकालेर निर्मलाको शरीरमा ट्रान्समिसन गरपछि सेवा सुरु भएको थियो । सेवा सुभारम्भ भएपछि अन्य सर्वसाधारणले समेत ब्लड ट्रान

मूल्यबृद्धि र शैक्षिक व्यथिति रोक्न विद्यार्थी संगठनको कार्यदल

काठमाडौं–भदौ १८ । संयुक्त विद्यार्थी संगठनको बैठकले मूल्यवृद्धि र शैक्षिक क्षेत्रमा रहेका बेथिति बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । नेपाल विद्यार्थी संघको आह्वानमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले चाडबाड नजिकिंँदै गर्दा हुनसक्ने भाडा अनियमितता तथा मूल्यवृद्धि र शैक्षिक क्षेत्रमा रहेको व्यथितिबारे प्रतिवेदन बुझाउन कार्यदल गठन गरेको हो । कार्यदलले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव समयम