यस्तो छ सारमा अगामी आर्थिक बर्षको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अब ११ करोडको बजेट सार्वजनिक गरेको छ । अगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारी तलब बढ्ने अपेक्षा गरिएपनि सरकारले स्रोत माथि दबाब बढेको भन्दै कर्मचारी तलब नबढाई महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्याएको छ । निकै चर्चामा रहेको विद्युतिय सवारीको कर बढ्ने हल्ला पनि गलत सावित भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि विद्युतिय सवारीको कर यथाव

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो । उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुस जस्ता छिमेकी देशहरूका २ सय भन्दा बढी राजनीतिक दलका नेताहरू, चीनका लागि केही राजदूतहरू, थिंक ट्याङ

प्रधानमन्त्री र कांग्रेसबीच छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसलाई वार्तामा बोलाउनुभएको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न संसदीय समिति गठन माग गर्दै संसद अवरोध गर्दै आएको छ । यसैविषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई आज विहान ९ बजे वार्ताका लागि बोलाउनुभएको हो ।

सरकारी कर्मचारीले ६० बर्षसम्म काम गर्न पाउने

काठमाडौं । सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० मा मार्फत सरकारी कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ । सोमबार दर्ता भएको विधेयकको प्रस्तावति मस्यौदामा हालको अनिवार्य अवकाशको उमेरहद ५८ वर्षलाई बढाएर ६० बर्ष कायम गरिएको हो । यो व्यवस्था लागू हुन संसदले कानुन पारित गर्नुपर्ने हुन्छ ।

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । एमालेसँग नयाँ सत्ता समिकरण भएसँगै एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक एक जनाले मन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनुभएको हो ।

सत्ता समिकरण फेरिएसँगै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रको मुल नेतृत्वको गठबन्धन फेरिएसँगै प्रतिनिधिसभाको आजको बैठक सूचना टाँगेर स्थगित गरिएको छ । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन भत्काई एमालेसहितका दलहरूसँगको सहकार्यमा नयाँ गठबन्धन बनाएपनि राजनीतिक दौडदुडका कारण सांसदहरू अनुपस्थित हुनेभएपछि बैठक स्थगित गरिएको हो ।

आर्थिक समृद्धि नै वर्तमान आवश्कता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुक अब आर्थिक प्रगतिको बाटोमा लाग्नुपर्ने बताउनुभएको छ । काभ्रे महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यात बढाउने र आयात घटाएर ब्यापारलाई सन्तुलन गर्दै आर्थिक बृद्धिको बाटोमा लाग्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति पौडेलले अहिलेको सन्दर्भमा जनताको जीवनस्तर उकास्न आर्थिक सबलीकरण नै महत्वपूर्ण आधार भएको बताउनुभयो

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको छ । आज विहान प्रधानमन्त्री कार्यालयमा दुईजनाबीच संक्रमणकालिन न्याय सम्बन्धी विषय लम्बिदै गएकाले यसलाई टुङ्ग्याउने सम्भावित आधारबारे छलफल भएको हो । छलपलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले संक्रमणकालिन न्याय सम्बन्धी विषय ट

मेरो खातामा पैसा जम्मा भएको छैन : सभापति लामिछाने

काठमाडौँ, ८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ । सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो र

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ, ७ माघ : नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताउनुभयो । जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्म