काठमाडौं । सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० मा मार्फत सरकारी कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ । सोमबार दर्ता भएको विधेयकको प्रस्तावति मस्यौदामा हालको अनिवार्य अवकाशको उमेरहद ५८ वर्षलाई बढाएर ६० बर्ष कायम गरिएको हो । यो व्यवस्था लागू हुन संसदले कानुन पारित गर्नुपर्ने हुन्छ ।