सप्तरी–भदौ २४ । सप्तरीमा दुई महिना यता सर्पको टोकाइबाट ६ जनाको ज्यान गएको छ । यो क्रम तराईका अन्य जिल्लामा पनि बढ्दो क्रममा देखिएको छ ।
बुधबार मात्रै सप्तरिमा सर्पको टोकाइबाट अर्नाहा गाविसका १५ वर्षीया रामकुमारी चौधरीको ज्यान गएको छ । घरमा बसेको अवस्थामा सर्प टोकेपछि गम्भीर भएकी रामकुमारीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल मृत्युभएको थियो । दुई महिनायता सर्पको टोकाइबाट १ सय ७ जना घाइते भएका छन् । सर्पले टोकेपछि अस्पताल आउनेको संख्या प्रत्येक दिन ६ जनासम्म हुने गरेको सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । भदौं महिना सुरु भए यता अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउनेको संख्या ५७ पुगेको छ ।
सर्पदंशका विरामीे बढेपछि बेड अभावमा भूर्इंमै राखेर उपचार भइरहेको सगरमाथा अञ्चल अस्पतालका डाक्टर बृजेशकुमार झाले जानकारी दिनुभएको छ ।