कोशी अस्पतालको सेवा सुधार्न स्वास्थ्य मन्त्रीको निर्देशन

विराटनगर–असोज २ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न निर्देशन दिनुभएको छ ।

gagan-koshiअस्पतालको निरीक्षण गर्ने क्रममा मन्त्री थापाले अस्पतालको सेवा सुधारको आवश्यकता औल्याउँदै आवश्यक उपकरण सहयोग गर्ने आश्वासन दिनुभएको हो । मन्त्री थापाले  अस्पताल र स्वास्थ्य सेवा गरिव जनताको स्वास्थ्यका लागि समेत भएको भन्दै कुनै पनि बहानामा स्वास्थ्य सेवाबाट आमनागरिक वञ्चित हुन नहुने जिकिर गर्नुभयो ।

ठूला अस्पतालमा विरामीको चाप रोक्न स्थानीयस्तरमा रहेका उपस्वास्थ्य चौकी र स्वास्थ्य चौकीको सेवालाई थप विस्तार गरिने मन्त्री थापाले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोख्रेलले सेवा सुधारका लागि उपकरण र भौतिक पूर्वाधार थप्नुपर्ने बताउनुभएको थियो ।

Published On:  481पटक हेरिएको

तपाईको प्रतिक्रिया