स्वास्थ्य क्षेत्र विग्रन दिन्न : मन्त्री थापा

काठमाडौं–असोज ७ । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा अनियमितता हुन नदिने दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा विहीबार पत्रकारसंगको भेटमा मन्त्री थापाले सरकारी अस्पतालहरुको व्यवस्थापन पक्ष अत्यन्त कमजोर भएकाले अनियमितता बढेको भन्दै त्यस्तो अनियमितता रोक्न लागि परेको बताउनुभएको हो ।

उहाँले अस्पतालहरुमा भएका सामाग्रीको सही सदुपयोग नगgagan-thapa.1र्दा सरकारी अस्पतालप्रति जनताको विश्वास घटेको बताउनुभयो । मन्त्री थापाले आफ्नो कार्यकालमा क्षमताले भ्याएसम्म र सबैको सहयोगमा अनियमितता हुन नदिने र अनियमिततामा संलग्न मान्छे जुनसुकै रङको र पार्टीको भएपनि कारवाही गर्ने दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया