पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेश

काठमाडौँ, ८ माघ ; उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । “विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

बेनी (म्याग्दी), ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनु

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु), ४ माघ : सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो । प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँ

इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

इलाम - इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौब

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

महेन्द्रनगर, २४ पुसः कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रा

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

काभ्रेपलाञ्चोक, २० पुस : साहसिक खेल–पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसा

युवाविहीन बन्दै हुम्लाका गाउँ

सिमकोट (हुम्ला), १७ पुस : सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारवि

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

चितवन, १५ पुस स् चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

ताप्लेजुङ, १३ पुस : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । पछि

चितवनमा हात्ती महोत्सव पुस १० देखि

काठमाडौँ, ३ पुस : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ