जाजरकोट अस्पतालमा सुरु भयो ब्लड ट्रान्समिसन सेवा

जाजरकोट–भदौ १८ । जाजरकोट अस्पतालमा पहिलो पटक ब्लड ट्रान्समिसन सेवा सुरु भएको छ ।

bloodभेरीमालिका–जगतीपुरकी १४ वर्षीय निर्मला चन्दको शरीरमा ब्लड ट्रान्समिसन गरी यो सेवा सुभारम्भ गरिएको हो । स्वास्थ्यकर्मीले जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान रत्नबहादुर नेपालीको शरीरबाट १ प्वाइन्ट रगत निकालेर निर्मलाको शरीरमा ट्रान्समिसन गरपछि सेवा सुरु भएको थियो । सेवा सुभारम्भ भएपछि अन्य सर्वसाधारणले समेत ब्लड ट्रान्समिसनमा सहभागिता जनाएका थिए ।

अस्पतालले यो सेवा निरन्तर रहने भन्दै ब्लडकै कारण अकालमा ज्यान गुमाउने बिरामीले जीवनदान पाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया