काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुक अब आर्थिक प्रगतिको बाटोमा लाग्नुपर्ने बताउनुभएको छ । काभ्रे महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यात बढाउने र आयात घटाएर ब्यापारलाई सन्तुलन गर्दै आर्थिक बृद्धिको बाटोमा लाग्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति पौडेलले अहिलेको सन्दर्भमा जनताको जीवनस्तर उकास्न आर्थिक सबलीकरण नै महत्वपूर्ण आधार भएको बताउनुभयो ।