काठमाडौं–भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक क्षेत्रको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभभएको छ । बानेश्वर क्याम्पसको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधार गरि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सके मात्र देशको विकास हुने भन्दै शिक्षा क्षेत्र सुधारका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले अहिले नेपालको शिक्षामा व्यापक विकृति रहेको उल्लेख गर्दै विकृति अन्त्य गर्न नसक्नु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो ।
भुकम्पका कारण जनधनलगायत भौतिक संरचनामा क्षति पुगेको औंल्याउादै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रलाई स्वतन्त्र र हस्तक्षेपमुक्त बनाउने बिषय अहिलेको ठूलो चुनौति रहेको जिकिर गर्नुभयो ।