नीजि क्षेत्रबाट पहिलोपटक हृदय रोग अस्पताल

काठमाडौं–असोज २ । निजी क्षेत्रको लगानीमा काठमाडौंमा हृदय रोग अस्पताल ‘गौतम बुद्ध इन्टरनेसनल कार्डियाक हस्पिटल’ सञ्चालन भएको छ ।

gautam-buddha-international-cardiac-hospitalकाठमाडौं–३५ फुलबारीमा करिब पाँच करोड रुपैयाँको लगानीमा स्थापना भएको १५ शैयाको यो अस्पतालले सरकारी शुल्क स्वसरहमा सेवा दिने जनाएको छ । डा. विकास सुवेदीका अनुसार अस्पतालमा ईसीजी, इको, टीएमटी, होल्टर, एबीपीए, ईईसीपी, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर, भल्भ रिप्लेन्समेन्ट, बाइपास सर्जरीलगायत सेवा उपलब्ध हुनेछन् ।

अस्पतालले विद्यालयसम्म पुगेर बाथ, मुटुरोग तथा सर्वसाधारणको मुटु जाँचको सेवा दिने जनाएको छ । मुटुरोग विशेषज्ञ डा. विकास सुवेदी, डा. अनवर खान, डा. नवीन श्रेष्ठ लगायतका केही स्थानीयको लगानी अस्पतालमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया