मूल्यबृद्धि र शैक्षिक व्यथिति रोक्न विद्यार्थी संगठनको कार्यदल

काठमाडौं–भदौ १८ । संयुक्त विद्यार्थी संगठनको बैठकले मूल्यवृद्धि र शैक्षिक क्षेत्रमा रहेका बेथिति बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

samyukta-bidyarthi-1नेपाल विद्यार्थी संघको आह्वानमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले चाडबाड नजिकिंँदै गर्दा हुनसक्ने भाडा अनियमितता तथा मूल्यवृद्धि र शैक्षिक क्षेत्रमा रहेको व्यथितिबारे प्रतिवेदन बुझाउन कार्यदल गठन गरेको हो । कार्यदलले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव समयमै गर्न आवश्यक पर्ने शर्तहरूबारे पनि प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । बैठकपछि नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रतिवेदनका आधारमा ठोस कदम चाल्ने बताउनुभयो । बैठकले शिक्षा क्षेत्रको सुधारका लागि बनाइएको प्रतिवेदन कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

तोकिएकै समयमा स्ववियु चुनाव गराउनुपर्नेमा सम्पूर्ण विद्यार्थी संगठन एकमत रहेको भन्दै अध्यक्ष महरले सम्पूर्ण तयारी पूरा गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको ध्यानाकर्षण गराउने बताउनुभयो । कार्यदलमा प्रत्येक विद्यार्थी सयंगठनबाट एक–एक जना प्रतिनिधि छन् ।

तपाईको प्रतिक्रिया