काठमाडौं–भदौं ३०। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट समाजशाष्त्र विषयमा पिएचडी (विद्यावारीधी) सम्मको शिक्षा पुरा गर्नुभएको छ ।
समाजशाष्त्रअन्तर्गतको मेचे जातीको सामाजिक परम्परा र उनीहरुको जीवनशैली विषयमा भण्डारीले सोधपत्र तयार पार्नुभएको हो । राजधानीको त्रिचन्द्र क्याम्पसमा समाजशाष्त्र विषयमा अध्यापन गरिरहेका भण्डारी ५ वर्षदेखि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सहनियन्त्रक पदमा कार्यरत हुनुहुन्छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुमा मानविकी संकायतर्फको सह–नियन्त्रक पदमा कार्यरत भण्डारीले पीएचडी हासिल गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामलाई अझ प्रभावकारी ढंगले अघि बनाउने बताउनुभएको छ ।