देशभर बाढी र पहिरो, ठूलो जनधनको क्षति

काठमाडौं/जिल्ला–साउन । केही दिनदेखि परेको अविरल बर्षले देशका बिभिन्न स्थानमा बाढी र हिरोले ठूलो जनधनको क्षति भएको छ । प्यूठान: प्युठानको झिमरुक खोला आएको बाढी पहिरोका कारण ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ४ जना पहिरोमा पुरिएर वेपत्ता छन । प्यूठान लुङ–६ बाहानेस्थित शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यू भएको छ । बाहानेकै सिमलबुटास्थित धोजबहादुर पुनको घर पहिरोले

कोशी खतरा यथावत

सुनसरी–साउन ११ । पुर्वी नेपाल र पहाडी जिल्लाहरुमा करिव एक सातादेखि लगातार परेको बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढिरहेको छ । कोशीमा पानीको स्तर बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत दश दिनदेखिको लागातार वर्षाका कारण आएको बाढीले कोशीनदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको सूचकका रुपमा रातो बत्ती बालिएको हो । मंगलबार कोशी नदीमा पानीको बहाव दुई लाख ७० हजार क्युसेक प्रत

पोखराको रामघाट डुवानमा

कास्की–साउन ११ । अबिरल बर्षाका कारण पोखराको रामघाटस्थित सुकुम्बासी बस्ती डुवानमा परेको छ । अबिरल बर्षाले सेती नदी थुनिदा रामघाटस्थित नदी किनारको बस्ती डुबानमा परेको हो । नदीमा आएको बाढीले ४० वटा बंगुर र एउटा गाई डुवाएको छ । आज बिहान तीन बजेतिर अचानक बाढी आएपछि स्थानीयमा भागाभाग भएको थियो । रामघाटस्थित सेती नदीमा जम्मा भएको पानीको निकास साँगुरो भकाले रामघाट डुवानमा परेको प्रहरीले जनाएको छ । यसैगरि

पहिरोले मेची राजमार्ग अवरुद्ध

पाँचथर–साउन ११ । निरन्तरको बर्षापछि आएको पहिरोले मेची राजमार्गको इलाम–पाँचथर सडकखण्ड अवरुद्व भएको छ । राजमार्ग अन्तरगत फिदिम–२ सामदिनस्थित कृष्ण मन्दिर नजिकै झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरोसँगै आएका दुईवटा ठुला ढुंगाले राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन । पहिरो हटाउन विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएपनि ठुला ठुला ढुंगा खसेकाले

बधा अड्काउ अनुमोदन, आगामी संसद बैठक साउन १७ गते

काठमाडौं–साउन ११ । व्यवस्थापिका संसदको बहुमतबाट राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन भएको छ । मंगलबार संसदमा पेश भएको बाधा अड्काउ फुकाउ आदेश छलफल पश्चात बहुमतबाट अनुमोदन भएको हो । संविधानको धारा २९८ को आधारमा निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार गठनमा जटिलता भएको भन्दै सरकारले सिफारिस गरेको बाधा अड्काउ फुकाउ आदेश राष्ट्रपति विद्या भण्डारीले सोमबार जारी गर्नुभएको थियो

सुरक्षा संवेदनशिलता प्रति संयमित : नेपाली सेना

काठमाडौं–साउन १० । नेपाली सेनाले देशमा उत्पन्न हुनसक्ने असहज परिस्थिति र राजनीतिक चलखेल बारे सुक्ष्म अध्ययन गरिरहेको खुलाशा गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै गतिविधिबाट राष्ट्रिय सुरक्षा खतरामा परे सशक्त ढंगबाट सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी गराउनुभएको हो । कृषिमा व्यावसायिकरणको जागरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सेनापति क्षत्रीले मुलुकको विद्यम

राष्ट्रपतिबाट सहमतिय सरकारको आह्वान, सात दिन समय

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा २ बमोजिम सहमतिय सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयको नाममा एक विज्ञप्ती प्रकाशित गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतिय सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेको हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा  ‘नेप

सहमतिका साथ अघि बढ्न प्रमुख नेताहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीचको सहमतिबाट सहज वातावरण निर्माण गरेर अघि बढ्न तीन दलका प्रमुख नेताहरुलाई सुझाब दिनुभएको छ । प्रमुख दलका नेताहरुलाई राष्ट्रपति भण्डारीले सोमबार आफ्नो सरकारी निवास शीतल निवासमा बोलाएर सहमतिकासाथ अघि बढ्न आग्रह गनुभएको हो । शीतल निवासमा भएको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष समेत रहनुभएका कामचलाउ प्रधानमन्त्री के

राष्ट्रपति शिर्ष नेतासँगको परामर्शमा

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल थाल्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएर छलफल थाल्नुभएको हो । प्रमुख पार्टीका तीन नेतासँग प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन, समसामयिक राजनी

राष्ट्रपतिबाट जारी भयो बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि विद्यमान अवरोध हटाउने उद्देश्यले मन्त्रिपरिषद्बाट पठाइएको बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ । बाधा अड्काउ फुकाउनुभएकी राष्ट्रपतिले आज साँझसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ । संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि आदेश जारी भएको राष्ट्रप