सुरक्षा संवेदनशिलता प्रति संयमित : नेपाली सेना

काठमाडौं–साउन १० । नेपाली सेनाले देशमा उत्पन्न हुनसक्ने असहज परिस्थिति र राजनीतिक चलखेल बारे सुक्ष्म अध्ययन गरिरहेको खुलाशा गरेको छ ।

Rajendra_Chhetri_Nepal_Army_प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै गतिविधिबाट राष्ट्रिय सुरक्षा खतरामा परे सशक्त ढंगबाट सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी गराउनुभएको हो । कृषिमा व्यावसायिकरणको जागरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सेनापति क्षत्रीले मुलुकको विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई आफूहरुले सुक्ष्म ढंगबाट नियालिरहेको भन्दै सचेत र सतर्क रहेको बताउनु भएको हो ।

नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न  कटिबद्ध हुने भन्दै सेनापति क्षत्रीले जुन कुनै परिस्थितिमा समेत सेना चलायमान हुनसक्ने गरि तयारी अवस्थामा रहेको बताउनुभयो ।

Published On:  541पटक हेरिएको

तपाईको प्रतिक्रिया