राष्ट्रपतिबाट जारी भयो बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि विद्यमान अवरोध हटाउने उद्देश्यले मन्त्रिपरिषद्बाट पठाइएको बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ ।

sital niwasबाधा अड्काउ फुकाउनुभएकी राष्ट्रपतिले आज साँझसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ । संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि आदेश जारी भएको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले आइतवार नै यो आदेश सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयको पत्रमा भनिएको छ,–अर्को प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गरिएको छ । राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान भएपछि प्रक्रिया अघि बढ्ने संबैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया