काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा २ बमोजिम सहमतिय सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयको नाममा एक विज्ञप्ती प्रकाशित गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतिय सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेको हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा ‘नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्नको लागि व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरिएको छ ।
राष्ट्रपतिको यो आह्वानले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न दलहरुलाई बाटो खुल्ला भएको छ ।