पाँचथर–साउन ११ । निरन्तरको बर्षापछि आएको पहिरोले मेची राजमार्गको इलाम–पाँचथर सडकखण्ड अवरुद्व भएको छ ।
राजमार्ग अन्तरगत फिदिम–२ सामदिनस्थित कृष्ण मन्दिर नजिकै झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरोसँगै आएका दुईवटा ठुला ढुंगाले राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन । पहिरो हटाउन विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएपनि ठुला ठुला ढुंगा खसेकाले सवारी आवागमन खुलाउन तत्काल सम्भव नभएको पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
यस्तै, अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिमका दुइवटा घर जोखिममा परेका छन । घर नजिकैदेखि पहिरो जान थालेपछि फिदिम–१ शिवालय मन्दिर नजिकैका जय नेम्वाङ र टेकनाथ वास्कोटाका घर जोखिममा परेका हुन ।