राष्ट्रपति शिर्ष नेतासँगको परामर्शमा

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल थाल्नुभएको छ ।
sital-niwasराष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएर छलफल थाल्नुभएको हो । प्रमुख पार्टीका तीन नेतासँग प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन, समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

तीन दलका प्रमुखहरुसँगको यो भेटवार्तालाई नयाँ सरकार गठनको आह्वान र आगामी निकासका लागि तीन दलले खेल्नुपर्ने भुमिका बारेको परामर्शका रुपमा पनि हेरिएको छ ।

तपाईको प्रतिक्रिया