कोशी खतरा यथावत

सुनसरी–साउन ११ । पुर्वी नेपाल र पहाडी जिल्लाहरुमा करिव एक सातादेखि लगातार परेको बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढिरहेको छ ।

कोशीमा पानीको स्तर बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत दश दिनदेखिको लागातार वर्षाका कारण आएको बाढीले कोशीनदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको सूचकका रुपमा रातो बत्ती बालिएको हो ।

मंगलबार कोशी नदीमा पानीको बहाव दुई लाख ७० हजार क्युसेक प्रतिसेकेण्डबाट उकालो लागेको छ ।

तपाईको प्रतिक्रिया