बधा अड्काउ अनुमोदन, आगामी संसद बैठक साउन १७ गते

काठमाडौं–साउन ११ । व्यवस्थापिका संसदको बहुमतबाट राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन भएको छ ।

Samsad-bhawan-1मंगलबार संसदमा पेश भएको बाधा अड्काउ फुकाउ आदेश छलफल पश्चात बहुमतबाट अनुमोदन भएको हो । संविधानको धारा २९८ को आधारमा निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार गठनमा जटिलता भएको भन्दै सरकारले सिफारिस गरेको बाधा अड्काउ फुकाउ आदेश राष्ट्रपति विद्या भण्डारीले सोमबार जारी गर्नुभएको थियो ।
छलफलका क्रममा कांग्रेस सांसदहरुले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको जिकिर गरेका थिए । कांग्रेस सांसदले यो आदेशलाई अनुमोदनका क्रममा  आलोचनात्मक समर्थन गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री अग्नि खरेलले दिनुभएको थियो । नयाँ सरकार गठनमा देखापरेको अन्योलता हटाउन सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको भन्दै कानुनमन्त्री खरेलले अनावश्यक तर्क बितर्क आवश्यक नहुने बताउनुभएको थियो ।

संसदको आगामी बैठक साउन १७ गते दिउँसो तीन बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया