राष्ट्रपति शिर्ष नेतासँगको परामर्शमा

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल थाल्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएर छलफल थाल्नुभएको हो । प्रमुख पार्टीका तीन नेतासँग प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन, समसामयिक राजनी

राष्ट्रपतिबाट जारी भयो बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि विद्यमान अवरोध हटाउने उद्देश्यले मन्त्रिपरिषद्बाट पठाइएको बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ । बाधा अड्काउ फुकाउनुभएकी राष्ट्रपतिले आज साँझसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ । संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि आदेश जारी भएको राष्ट्रप

४ बुँदे सहमतिसँगै तोडियो डा. केसीको अनसन

काठमाडौं–साउन १० । चिकित्सा शिक्षा सुधारको माग सहितका विभिन्न माग राखेर १६ दिनदेखि आमरण अनसनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले अनसन ताड्नुभएको छ । उपचारका लागि अस्पताल आएका छेवाङ लामा, अनितादेवी महता र सरोज नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोड्नुभएको हो । अनसन तोडे लगत्तै उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै अझै ठूलो लडाइ लड्न बाँकि रहेको र सबै मिलेर लड्

नेपाल बन्दले चौतर्फी असर

काठमाडौं–साउन १० । सुकुम्बासीमाथि राज्यले दमन गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दबाट देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि कलेज, स्कुल बन्द छन् । देशका अधिकांश शहरी क्षेत्रका व्यापार, व्यवसाय, कलकारखाना, उद्योग, पसल खुलेका छैनन् ।बन्दका कारण उद्योग, कलकारखाना र व्यापार व्यवसाय ठप्प हुँदा देशले करोडौको घाटा व्यहोर्नुपरेको छ । व्यवसायीको घाटा मात्रै होइ

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौं–साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष दिएको राजीनामा स्वीकृत भएको छ । अविश्वासको प्रस्तावमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गर्नुभएको थियो । संसदबाट नयाँ सरकारका लागि बाटो खुल्ला गरेको घोषणा गर्नुअघि नै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाउनुभएको थियो । राष्ट्रपति कार्यालयले साँझ बिज्ञप्ति जारी गर्दै संबिधानको धारा

नयाँ सरकार गठनको बाटो खुल्ला, प्रधानमन्त्री ओलीबाट राजीनामा

काठमाडौं–साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथी उठेका प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफु स्वार्थ पुरा गर्न प्रधानमन्त्री भएको नभई उपलब्धीको रक्षा र देश तथा जनताको समृद्धिको चाहना पुरा गर्न बनेको जिकिर गर्नुभयो । सरकार र आफूप्रति लगाइएको आरोप निराधार भएको भन्दै प्रधानमन्त्री

देश र जनताको लागि काम गर्दा चक्रव्यूहमा :प्रधानमन्त्री ओली

काठमाडौं–९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणबाट देश र जनतालाई निकास दिएकै कारण आफूलाई राजनीतिक चक्रब्युहमा फसाएर एक्लो बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ । आफुलाई अभिमन्युसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले राम्रो काम गरेकै कारण चक्रब्यु रचिएको बताउनुभएको हो । २०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई बजेटसम्म ल्याउन नदिनेगरि षड्यन्त्र गर्दा भोग्नुपरेको जटिल राजनीतिक अवस्थाको स्मरण गर्दै आफ

प्रधानमन्त्री ओली आफैले खोले नयाँ सरकार चयनको बाटो

काठमाडौं–साउन ९ । नयाँ प्रधानमन्त्री निर्वाचनमा संबैधानिक अड्चनको बहस चल्दैगर्दा सरकारले नै नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त हुँदा संसदबाट अर्को प्रधानमन्त्री निवार्चन गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । दलहर

डा. केसीका समर्थकले गरे अख्तियार घेराउ

काठमाडौं–साउन ९ । डाक्टर गोविन्द केसीका समर्थकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नजिकै प्रदर्शन गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । आयोग घेराउ गर्न पुगेका डाक्टर केसीका समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही स्वास्थ्यकर्मी पक्राउ परेका छन् । डाक्टर केसीका समर्थकहरू भाटभटेनी मन्

वर्तमान राजनीतिक अवस्था बारे राष्ट्रपतिको चासो

काठमाडौं–साउन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरूसँगको परामर्शलाई तीब्रता दिनुभएको छ । नयाँ सरकार गठनका विषयमा संविधानको व्याख्या र गठन प्रक्रियामा दलहरू विभाजित भएपछि राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग परामर्श थाल्नुभएको हो । राष्ट्रपति भण्डारीले आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । छलफलपछि माओवादी केन्द