कपिलवस्तुका बाढीपीडित बिचल्लीमा

कपिलवस्तु–साउन १३ । कपिलवस्तुका विभिन्न नदीमा आएको बाढीबाट घरबार गुमाएकाहरू बिचल्लीमा परेका छन् । बाढीले अन्नपात तथा लत्ता कपडा सबै नष्ट भएपछि पीडितहरू बिचल्लीमा परेका हुन् । धनकौली गागिस विजगौरीका पीडितले बाढीले घर पूरै भत्काइदिएको र अन्नपात समेत बगाएपछि समस्यामा परेको बताएका छन् । उनीहरूले बाढी गएको तीन दिनसम्म पनि कुनै राहत तथा सहयोग नपाएको गुनासो गरेका छन् । पीडितको सहयोगका लागि विभिन्न संघसं

धनकुटा बस दुर्घटना, पूर्व अर्थराज्यमन्त्रीसहित ७ को मृत्यु

धनकुटा–साउन १३ । धनकुटाको परेवादिनमा बस दुर्घटना हुँदा सात जनाको मृत्युभएको छ । दुर्घटनामा परी पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्युभएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ । संखुवाबाट धरान जाँदै गरेको बा. २ ख.७३६६ नम्बरको बस दुर्घटना दुर्घटना भएको हो । बस करिब डेढ सय मिटर तल खसेको बताइएको छ ।

बाढीपहिरोको त्रासदी-तीन दिनमा ५४ को मृत्यु

जिल्ला/काठमाडौं–साउन १२ । तीन दिन यताको बाढी पहिरोमा परी ५४ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार देशभर बाढी तथा पहिरोमा परी सोमबारदेखि आजसम्ममा ५४ जनाको मृत्यु भएको छ भने २१ जना हराइरहेका छन् । गृहमन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण देशका १४ जिल्ला प्रभावित भएका छन्, जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् । मध्यपश्चिमका प्युठान, बाँके, ब

नयाँ सरकारको दौडधुप बढ्दै

काठमाडौं–साउन १२ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि संसदलाई आह्वान गरेपछि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । माओवादी केन्द्रको नेतृत्वमा गठन हुने सरकारमा मधेशी मोर्चा सहभागी नहुने बताएपनि कांग्रेसले भने उनीहरूसँग समेत छलफल गरी सरकारमा सहभागी गराउने तयारी थालेको छ । योसँगै नयाँ सरकार बनाउने कसरतमा लागेका दलभित्र मन्त्रिमा को जाने र कसलाई कुन मन्त्रालयको नेतृत्व दिने भन्ने दौडधुप बढ्न थालेको छ

सबै मिलेर संकटको सामना गरौँ : उपराष्ट्रपति पुन

काठमाडौं–साउन १२ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक प्रकोपका कारण देशमा आइपरेको संकट समाधान गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको स्वर्णजयन्ती महोत्सव उद्घाटन समारोहमा पुनले नेपाली नागरिकमाथि आइपरेको संकट नेपाली नै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो । नागरिकको चाहना अनुरुप समृद्ध नेपाल निर्माणमा राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ छ  । उपराष्ट्रपति पुन

राष्ट्र निर्माणको संकल्प पुरा गर्छौँ : प्रचण्ड

काठमाडौं–साउन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीले राष्ट्र निर्माण गर्ने संकल्प सहित अघि बढेको उद्घोष गर्नुभएको छ । काठमाडौंमा ग्रिन सिटी अस्पतालले गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेपालको विकास कसरी गर्ने भन्ने कुराको आफूहरूलाई राम्रो अनुभव भएको भन्दै राष्ट्र निर्माणको संकल्प पुरा गर्ने बताउनुभएको हो । उहाँले आफूले युद्धको मर्म र शान्तिको महत्व बुझे

मौसममा सुधार आउने संकेत

काठमाडौं–साउन १२ । लगातार भइरहेको भारी वर्षामा क्रमश कमी हुँदै जाने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । केही दिनदेखि देशका सम्पूर्ण भूभागमा लगातार वर्षा भए पनि बिहीबारबाट क्रमश सुधार भएर छिटपुट मात्र वर्षा हुने पूर्वानुमान विभागले गरेको छ । यो सँगै देशभर बढ्दै गरेको बाढी पहिरोको प्रक्रोपमा कमि आउने आँकलन गरिएको छ ।

सप्तरीका बाढी पीडितलाई राहत

सप्तरी–साउन १२ । सप्तरीका एक दर्जन गाविसमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । स्थानीयस्तरमा प्रशासन र सेनाले केही राहत वितरण गरेपनि राजनीतिक दल र सरकारले राहत तथा उद्धारमा चासो नदेखाएको पीडितको गुनासो छ । जिल्ला देवी प्रकोप उद्घार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, कृष्णदल गण राजविराजका गणपति भुवनेश्वर आचार्य, नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल तथा शसस्त्र

सुनुवारले कायम गरे विश्वमै फरक किर्तिमानी

पोखरा– साउन १२ । विश्वका सर्वोच्च शिखर आरोहण गरी त्यहीबाट हाम फाल्दै आएका साहसिक व्यक्ति बाबु सुनुवारले यूरोपको सवोच्च शिखर माउन्ट इलबुसबाट हाम फालेर किर्तिमानी कायम गरेका छन् । यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र दक्षिण अफ्रिकाको अग्लो शिखर विली मन्जरीको सफल आरोहण गरी त्यहीबाट प्याराग्लाइडिङमा हाम फालेका सुनुवारले बुधवार यूरोपको सवोच्च शिखर माउन्ट इलबुसबाट हाम फालेका हुन् । विगत चार बर्षदेखि व

बाढीपहिरोको जोखिम उच्च,एकै दिन ३६ को मृत्यु

काठमाडौं/जिल्ला–साउन । लगातारको बाढी–पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ भने व्यापक जनधनको क्षति भएको छ । देशभरको बाढी पहिरोको क्षति विवरण प्यूठान : बाढीपहिरोमा परी प्यूठानमा मात्रै १७ जनाको मृत्युभएको छ । २१ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये ९ जनाको मात्र सनाखत भएको छ । लुङ गाविस वडा नम्बर ६ बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजालको मृत्युभएको छ । कालि परियार, प्रेम थापा, रन्