३५ सय ५६ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३५ सय ५६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ४ सय पिसिआर परिक्षणबाट ३४ सय ४२ जना र ८ सय ९३ एन्टीजेनबाट ११४  गरी कुल ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ ल

त्रि.वि. का पुर्व निर्धारित सबै परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले वैशाख महिनामा संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै तहका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुरुप वार्षिक तथा सेमेस्टर  प्रणाली अनुसार संचालित स्नातक तथा स्नातकोतर तहको पुर्व निर्धारित परीक्षा २०७८ बैशाख १४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लाग

हिजोसम्म नेपाललाई ट्रान्जिट बनाई क्वारेन्टीनमा बसेका बिदेशी नागरिकको पीसीआर परिक्षण गर्नु: मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोको मितिसम्म नेपाल आई क्वारेन्टीनमा बसेका बिदेशी नागरिकको  पीसीआर परिक्षण गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाएका वा Air Bubble सुविधा अनुसार नेपाल आउनेहरुलाई पनि स-शुल्क पीसीआर परिक्षण गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । हिजो आइतबार ट्रान्जिटका लागि मात्र नेपाल आएर र

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी, औपचारिक निर्णय आउन बाँकि

काठमाडौँ- काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ। सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी भएको जानकारी दिएका छन् । औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन, १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी आएको हो।  

परिक्षा अपडेट : त्रि.वि. मा सोमबार हुने भनिएका सबै परिक्षा यथावत सञ्चालन हुने

काठमाडौं । पूर्व घोषित परिक्षा कार्यक्रम हुने नहुने अन्योलताकाबीच त्रिभुवन विश्व विद्यालयले सोमबार हुने कुनै पनि परिक्षा नरोक्ने जनाएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसी परिक्षा रोक्ने निर्णय गरेपनि सोमबारलाई तय भएका परिक्षा त्रिभुवन विश्वविद्यालयले नरोक्ने भएको हो । मन्त्रिपरिषद्बाट निर्णय भएर आधिकारिक पत्रचार नहुँदासमम परिक्षा यथावत सञ्चालन हुने भएका हुन् ।

शिक्षा मन्त्रालय र त्रि.वि. का कारण लाखौं विद्यार्थीको भविष्य माथि गम्भीर खेलवाड

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले विभिन्न तहको परिक्षा सञ्चालन गरिहरकै बेला कोभिड संकट व्यवस्थापन केन्द्रले सीसीएमसीले देशैभर सबै किसिमका परिक्षा स्थगित गर्न सिफारिस गर्यो । यही वीचमा सीसीएमसीका सचिवद्धारा सरकारले सबै परिक्षा रोकेको सूचना बाहिर आयो । तत्पश्चात आम विद्यार्थी सोमबारलाई तय गरिएको परिक्षा हुन्छ  कि हुदैन भनेर दोधार भयो । यस विषयमा न सरकारले विद्यार्थीलाई ठ

परिक्षा अपडेट : त्रि.विले रोकेन सोमबार विहानको परिक्षा, शिक्षा मन्त्रीको भनाई गलत सावित, दिउँसो हुने परिक्षा बारे निर्णय हुन बाँकी

काठमाडौं । त्रि.वि ले सोमबार हुने भनेका परिक्षा सञ्चालन गरेको छ । त्रि. वि. ले विहानी शत्रमा व्यवस्थापन संकाय दोस्रो बर्षको परिक्षा सञ्चालन गरेको हो भने दिउँसो हुने परिक्षाका सन्दर्भमा निर्णय भइसकेको छैन । शिक्षा मन्त्रालयले सबै परिक्षा रोकिएको भनेपनि त्रि.विले परिक्षा सञ्चालन गरेपछि विद्यार्थी थप अन्योलमा परेका छन् । शिक्षा मन्त्रालय र त्रि.वि.वीच समन्वय अभाव हुँदाको सास्ती विद्यार्थील बेहो

सोमबारदेखिका सबै परिक्षा स्थगित : अन्योलमा नपर्न शिक्षा मन्त्रीको आग्रह

सबै परिक्षा स्थगितको हल्लाले त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्व विद्यालयका परिक्षार्थी अन्योलमा परेका छन् । तर शिक्षा मन्त्रालयले भने परिक्षा स्थगितको विषयलाई लिएर अन्योलमा नपर्न आग्रह गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार देखि सबै विश्वविद्यालयका परिक्षा अर्को सूचना नआउँदासम्म स्थगित गरिएको नेपाल परिक्रमालाई जानकारी दिनुभयो । मन्त्रालयको भनाइ अनुसार सोमबार हुने भनिएका सब

सबै परिक्षा स्थगित गर्न सरकारलाई सिफारिस

काठमाडौं – कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबार देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यो सिफारिस मन्त्रिपरिषद्बाट स्वीकृत भए विद्यालय र क्याम्पसका सबै परीक्षाहरु समयका लागि स्थगित हुनेछन् ।

उपत्यकाका तीन प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा एक हप्ता बन्द गर्ने

बैशाख १२, काठमाडौँ- उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेक अन्य सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक बाहेक अन्य सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समे