सभापतिका उम्मेद्वारका प्रत्यासीको आ–आफ्नै दाबी सिटौला भने गुपचुप

फागुन २३ । कांग्रेसको सभापति पदका उम्मेद्वारहरूले आफ्नै जित सुनिश्चित रहेको दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतदान प्रक्रियामा सहभागी सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र शेरबहादुर देउवाले आफूले जित्ने पक्का भएको दावि गरेका हुन् । सभापति पदका प्रत्यासी शेरबहादूर देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन प्रतिनिधिहरूको जमात आफ्नो पक्षमा रहेकाले आफ्रले जित्ने निश्चित भएको दाबी गर्नुभएको ह

६३ जनाबाट उम्मेद्वारी फिर्ता

फागुन २२ । जारी नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन(तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेका छ । अब ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ । पदाधिकारीका लागि उम्मेदवारी दिएकाह

सरकार गिराउने खेलमा लागेका छैनौ : प्रचण्ड

फागुन २२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफ्नो पार्टी वर्तमान सरकार गिराउने खेलमा नरहेको बताउनुभएको छ । शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकार गिराउने खेलमा नलागेको भन्दै बरू अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पर्छ भन्ने पहलमा लागेको बताउनुभयो । प्रचण्डले कांग्रेसको १३ औं महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने विषयमा छलफल

कस्तो छ कांग्रेस महाधिवेशन प्रतिनिधिलाई खाने बस्ने व्यवस्था ?

फागुन २२ । नेपाली कांग्रेसले १३ औ महाधिवेशनमा आएका महाधिवेशनलाई प्रतिनिधिहरूलाई सुविधायुक्त बस्ने खाने व्यवस्था गरेको छ । कांग्रेसले महाधिवेशनका लागि आएका प्रतिनिधिलाई विहान बेलुकाको खाना सहित सुविधायुक्त होटलमा बस्ने व्यवस्था मिलाइएको खाना तथा बसाई व्यवस्थापन समितिका संयोजक बलबहादुर केसीको भनाई छ । महाधिवेशन प्रतिनिधिलाई काठमाडौंको सिनामङ्गल, गौशाला, सुन्धरा, ठमेल र बागबजारमा रहेका होटलहरूमा आवसक

कांग्रेस नेताहरूलाई भोट माग्दैमा भ्याई नभ्याई

फाुगन २२ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन चलिरहँदा पदाधिकारी तथा केन्द्रीय समितिका उम्मेद्वारहरू भोट माग्दैमा व्यस्त छन् । उनीहरूले आफ्नो क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई आफ्नो पक्षमा चुनावी माहोल सृजना गर्न पनि कसरत गरिरहेका छन् । महाधिवेशन भइरहेको स्थल काठमाडौंको भृकुटी मण्डप अहिले कांग्रेसका पधाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेद्वारका ब्यानर र पोष्टरहरूले रङग्यिएको छ । यत

तीन गुटमा नेपाली कांग्रेस

फाुगन २० । नेपाली काग्रेसको १३ औँ महाधिवेशनले चयन गर्ने सभापति पदको लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी घोषणा गरिसकेका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि अब त्रिपक्षीय भिडन्त हुने भएको छ । सभापतिका यी उम्मेदवारले आफु सहित प्यानल

प्रचण्डको सिधा प्रश्न विजेपीका भरतसिंहलाई

फागुन २० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई भारतले नेपाललाई किन नाकाबन्दी लगाएको भनेर प्रश्न गर्नुभएको छ । कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै भारतले नेपाललाई नाकाबन्दी गर्नुपर्ने कुनै कारण नभएको भन्दै प्रश्न गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपालका जनताले आफ्नो अधिकार प्रयोग गरेर संविधान जारी गर्द

कांग्रेसमा सभापतिका लागि चार उम्मेद्वार भिड्ने

फागुन १९ । नेपाली कांग्रेसमा चार जना उम्मेद्वार सभापति लागि भीड्ने भएका छन् । संस्थापन पक्षबाट तीन र बरिष्ठ नेता शेर बहादूर देउवा गरी चार जनाले सभापतिको दाबी गर्दै उम्मेद्वारी दिने भएका हुन् । संस्थापन पक्षबाट कार्यवहाक सभापति रामचन्द्र पौदेल, महामन्त्री कृष्ण सिटौला र नेतृ सुजता कोइरालाले सभापतिको उमेद्वारी दिने भएका हुन् । नेतृ सुजाता कोइरालाले उनले बुधबार आफ्नै निवास मन्डिखाटरमा पत्रकार सम्मेलन

मुख्यमन्त्री नीतिशकुमार काठमाडौमा

फागुन १९ । नेपाली कांग्रसको महाधिवेशन उद्घाटनमा सत्रमा भाग लिन भारतको विहार प्रदेशका मुख्य मन्त्री नीतिशकुमार काठमाडौं आइपुगेका छन् । भोलिवाट काठमाडौंमा शुरू हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन शत्रमा सहभागीता जनाउन उनी काठमाडौं आइपुगेका हुन् ।  नीतिशकुमारले आज नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

मन्त्रिपरिषद्द्धारा राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूतको नियुक्ति

फागुन १९ । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूत नियुक्ति गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको डेपुटी गर्भनरमा गर्भनरमा चिन्तामणि सापकोटा र शिवराम श्रेष्ठलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले सहसचिवत्रय एकनारायण अर्याललाई कलकत्ता, गोविन्दा कार्कीलाई ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्य दुतमा नियुक्त  पनि गरेको