शिक्षा मन्त्रालय र त्रि.वि. का कारण लाखौं विद्यार्थीको भविष्य माथि गम्भीर खेलवाड

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले विभिन्न तहको परिक्षा सञ्चालन गरिहरकै बेला कोभिड संकट व्यवस्थापन केन्द्रले सीसीएमसीले देशैभर सबै किसिमका परिक्षा स्थगित गर्न सिफारिस गर्यो । यही वीचमा सीसीएमसीका सचिवद्धारा सरकारले सबै परिक्षा रोकेको सूचना बाहिर आयो । तत्पश्चात आम विद्यार्थी सोमबारलाई तय गरिएको परिक्षा हुन्छ  कि हुदैन भनेर दोधार भयो ।

यस विषयमा न सरकारले विद्यार्थीलाई ठोस सूचना दिन सक्यो न त्रिभुवन विश्वविद्यालयबाट परिक्षा हुने नहुने भन्ने बारे आधिकारिक सूचना नै प्रकाशित भयो ।

परिक्षा हुने नहुने अन्योलकैवीच सोमबार विहानी सत्रका परिक्षा सञ्चालन भए । सरकार आफैले परिक्षा अनिश्चितकालको लागि भनेर स्थगित गरेको सूचना निकाल्ने अनि त्रि.वि. ले परिक्षा सञ्चालन गर्नुले लार्खौ विद्यार्थीको भविष्य माथि खेलवाड भएको छ ।सीसीएमसीको सूचनालाई नै आधार मानेर परिक्षा दिन नजाने विद्यार्थीको भविष्यको जिम्मा कस्ले लिने ?

सरकार र त्रि.वि. को समन्वय अभावका कारण यस्तो गम्भीर लापरवाहीले शिक्षा क्षेत्रकै नेतृत्व माथि प्रश्न उठाएको छ । विद्यार्थी प्रश्न गरिरहेका छन् कि सरकारले यो हदसम्मको खेलवाड गर्न मिल्छ भनेर ?

 

 

 

तपाईको प्रतिक्रिया