कोरोना संक्रमणबाट आज २८ जनाको मृत्यु, मृतकको संख्या ३१ सय ६४ पुग्यो

बैशाख १२, काठमाडौँ-  नेपालमा पछिल्लो २४ घन्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ । आज ४ सय ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् भने आज सम्ममा २ लाख ७७ हजार ५ सय ७३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख नाघेको छ ।

बाँके जिल्ला प्रशासनले १ हप्ता लकडाउनको घोषणा

बैशाख १२, काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२०७८ बैशाख २० गतेसम्म) लकडाउन गर्ने निर्णय गरेको हो। यस अघि वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गर्ने निर्णय गरेको थियो ।  

काठमाडौं उपत्यकामा १४ सय ९८ सहित देशभर ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख १२, काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३१ सय २२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार २ सय ९२ पिसिआर परिक्षणबाट ३ हजार ३२  जना र ७ सय ८६ एन्टीजेनबाट ९० गरी कुल ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। काठमाडौं उपत्यकामा मात्र  १४ सय  ९८ जना रहेका छन् जसमा काठमाडौंमा ११३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० ज

साताको पहिलो दिन ७५.७९ अंकले घट्यो नेप्से

बैशाख १२, काठमाडौँ-  साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घटेको छ। आइतबार शेयर बजार ७५.७७ प्रतिशतले घटेर २ हजार ५ सय ७२.२१ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि १२.५६ अंक घटेर ४६४.०५ विन्दुमा झरेको छ । आज महिला लघुवित्तीय वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू १९४ ले बढेर अन्तिम मूल्य रू २१३६ कायम भएको हो । आज सर्वाधिक

तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं: प्रदिप ज्ञवाली

बैशाख १२, काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल राष्ट्रिय रूपमा लकडाउन नगर्न बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने तत्काल राष्ट्रिय रूपमा लकडाउन नगर्ने बताएका छन् । कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि राष्ट्रिय रूपमा अहिले लकडाउनको कुनै तयारी नभएको जानकारी दिएका छन् ।

उज्यालो नेटवर्कको कार्यालयमा प्रहरी, मोबाइल र क्यामरा खोसियो

बैशाख १२,  काठमाडौँ- नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले बल प्रयोग गरेको छ । क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका देशका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको  हो । डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्र

नेपालमा कोरोना परिक्षण गर्न मात्र आएका बिदेशीको कोभिड १९ परिक्षण नगर्न प्रयोगशालालाई निर्देशन

बैशाख १२, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा कोरोना परिक्षण मात्र गर्ने गरी आएका बिदेशी नागरिकहरुको कोभिड-१९ परिक्षण नगर्न सबै  प्रयोगशालालाई निर्देशन गरेको छ । आइतबार मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै  "कोभिड १९ को प्रयोगशाला परिक्षण निर्देशिका २०७७"बमोजिम नेपालका नागरिक, कूटनीतिक निकाय वा मिसनका

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने निर्माणाधीन पुल फेरी भत्कियो: १ जनाको मृत्यु, २ बेपत्ता

बैशाख १२, भरतपुर महागनरपालिका–१ तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन  पुलको बाँकि अंश फेरी भत्किएको छ । पुल बिहान ९ बजेतिर भत्किएको थियो । पुल भत्किँदा १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको र दुईजना मजदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनीहरुको गोताखोरले खोजी गरी रहेको चितवन प्रहरी बताएको छ । यस अघि गत चैत २४

नेदरल्यान्ड्स माथि नेपालको सानदार जीत, बनायो हालसम्मकै उच्च स्कोर

बैशाख ११, काठमाडौँ- नेपालले हाल सम्मकै ठूलो अन्तरले घरेलु मैदानमा टि–२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको अन्तरले जितेको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल र कुशल मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीको शान

शनिबार २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी, १४ जनाको मृत्यु

बैशाख ११, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६ सय १८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५ सय २५  पिसिआर परिक्षणबाट २४ सय ८६ जना र ११ सय ४३  एन्टीजेनबाट १३३ गरी कुल २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुने