३५ सय ५६ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३५ सय ५६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ४ सय पिसिआर परिक्षणबाट ३४ सय ४२ जना र ८ सय ९३ एन्टीजेनबाट ११४  गरी कुल ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ लाख ३ हजार ५६१  जना पुगेका छन् भने ३ हजार १ सय ७६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ सय ७८ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ७७ हजार ९ सय ५१ रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या २२ हजार ४ सय ३४ रहेको छ ।

तपाईको प्रतिक्रिया