हिजोसम्म नेपाललाई ट्रान्जिट बनाई क्वारेन्टीनमा बसेका बिदेशी नागरिकको पीसीआर परिक्षण गर्नु: मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोको मितिसम्म नेपाल आई क्वारेन्टीनमा बसेका बिदेशी नागरिकको  पीसीआर परिक्षण गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाएका वा Air Bubble सुविधा अनुसार नेपाल आउनेहरुलाई पनि स-शुल्क पीसीआर परिक्षण गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।

हिजो आइतबार ट्रान्जिटका लागि मात्र नेपाल आएर र परिक्षण गर्नका लागि मात्र नेपाल आएका बिदेशी नागरिकको  पीसीआर परिक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको थियो ।

 

तपाईको प्रतिक्रिया