उपत्यकाका तीन प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा एक हप्ता बन्द गर्ने

बैशाख १२, काठमाडौँ- उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेक अन्य सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक बाहेक अन्य सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।

तपाईको प्रतिक्रिया