त्रि.वि. का पुर्व निर्धारित सबै परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले वैशाख महिनामा संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै तहका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुरुप वार्षिक तथा सेमेस्टर  प्रणाली अनुसार संचालित स्नातक तथा स्नातकोतर तहको पुर्व निर्धारित परीक्षा २०७८ बैशाख १४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया