सोमबारदेखिका सबै परिक्षा स्थगित : अन्योलमा नपर्न शिक्षा मन्त्रीको आग्रह

सबै परिक्षा स्थगितको हल्लाले त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्व विद्यालयका परिक्षार्थी अन्योलमा परेका छन् । तर शिक्षा मन्त्रालयले भने परिक्षा स्थगितको विषयलाई लिएर अन्योलमा नपर्न आग्रह गरेको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार देखि सबै विश्वविद्यालयका परिक्षा अर्को सूचना नआउँदासम्म स्थगित गरिएको नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

मन्त्रालयको भनाइ अनुसार सोमबार हुने भनिएका सबै परिक्षा समेत अर्को सूचना नआउँदासम्मलाई स्थगित भएका छन् ।

तपाईको प्रतिक्रिया