नेपाल बन्दले चौतर्फी असर

काठमाडौं–साउन १० । सुकुम्बासीमाथि राज्यले दमन गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दबाट देशभरको जनजीवन प्रभावित भएको छ ।

Nepal opposition strike shutters Kathmandu by Omar Havanaबन्दका कारण बिहानैदेखि कलेज, स्कुल बन्द छन् । देशका अधिकांश शहरी क्षेत्रका व्यापार, व्यवसाय, कलकारखाना, उद्योग, पसल खुलेका छैनन् ।बन्दका कारण उद्योग, कलकारखाना र व्यापार व्यवसाय ठप्प हुँदा देशले करोडौको घाटा व्यहोर्नुपरेको छ । व्यवसायीको घाटा मात्रै होइन, राज्यको राजश्वमा समेत यसको असर देखिएको छ ।

शहर,बजार मात्रै होइन, बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन चल्न नसक्दा यात्रुले सास्ती व्यहोर्नुपरेको छ  । बन्दमा छिटफुट रुपमा सार्वजनिक सवारी चलेको काठमाडौं उपत्याका लगायत देशभर बिरामी बोक्ने एम्बुलेन्स, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी र संचारकर्मीका गाडीहरु भने निर्वाद रुपमा चलेका छन् ।

बन्दकर्ता सडकमा खासै नदेखिएपनि बिहानपख काठमाडौंमा दुई ट्याक्सीमा आगजनी भएको थियो ।

तपाईको प्रतिक्रिया