डा. केसीका समर्थकले गरे अख्तियार घेराउ

काठमाडौं–साउन ९ । डाक्टर गोविन्द केसीका समर्थकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नजिकै प्रदर्शन गरेका छन् ।

aktihar gherauअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । आयोग घेराउ गर्न पुगेका डाक्टर केसीका समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो । झडपका क्रममा केही स्वास्थ्यकर्मी पक्राउ परेका छन् । डाक्टर केसीका समर्थकहरू भाटभटेनी मन्दिरबाट अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

आन्दोलनकारीले अख्तियार प्रमुखविरुद्ध नाराबाजी गरेका थिए । धरपकड र पक्राउ बिरुद्ध केहि डाक्टरहरुले अनशन समेत थालनी गरेको बताइएको छ ।

Published On:  460पटक हेरिएको

तपाईको प्रतिक्रिया