प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौं–साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष दिएको राजीनामा स्वीकृत भएको छ ।

sital niwasअविश्वासको प्रस्तावमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गर्नुभएको थियो । संसदबाट नयाँ सरकारका लागि बाटो खुल्ला गरेको घोषणा गर्नुअघि नै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाउनुभएको थियो । राष्ट्रपति कार्यालयले साँझ बिज्ञप्ति जारी गर्दै संबिधानको धारा २९८ को उपधारा १० बमोजिम प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पूरा गरेको जिम्मेबारीलाई धन्यबाद दिएको जनाएको छ ।

यस्तै, राष्ट्रपतिले अर्को मन्त्रिपरिषद गठन नहुँदासम्म यो मन्त्रिपरिषदले नै सरकारको कामकारबाही गर्ने स्पष्ट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया