४ बुँदे सहमतिसँगै तोडियो डा. केसीको अनसन

काठमाडौं–साउन १० । चिकित्सा शिक्षा सुधारको माग सहितका विभिन्न माग राखेर १६ दिनदेखि आमरण अनसनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले अनसन ताड्नुभएको छ ।
Dr.kc juiceउपचारका लागि अस्पताल आएका छेवाङ लामा, अनितादेवी महता र सरोज नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोड्नुभएको हो । अनसन तोडे लगत्तै उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै अझै ठूलो लडाइ लड्न बाँकि रहेको र सबै मिलेर लड्नुपर्ने बताउनुभएको छ । दलका नेताहरुले नै माफियाको संरक्षण गरेको आरोप लगाउनुभएका केसीले स्वस्थ र सम्वृद्ध नेपाल निर्माण गर्न दाल भात र ढिडो खाएर आन्दोलनको मोर्चामा उभिनुपर्ने बताउनुभयो । आइतबार साँझ सरकारी वार्ता टोलीसँग चार बुँदे सहमति भएपछि डा. केसी अनसन तोड्न सहमत हुनुभएको थियो ।

एमालेका थुप्रै प्रभावशाली नेताहरूको सेयर लगानी रहेको मनमोहन कजेजअन्ततः वीर अस्पतालले किनेर सरकारी स्वामित्वमा सञ्चालन गर्ने सहमतिले  डा। केसीको आठौं अनसन तोडाएको हो । मनमोहनको भौतिक संरचना वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले खरिद गर्ने र त्यसलाई मनमोहन अधिकारीकै नाममा सञ्चालन गर्ने लगायत चारबुँदे सम्झौतापछि डा। केसीले आफ्नो १६ दिने  अनसन तोड्नुभएको छ ।

तपाईको प्रतिक्रिया