प्रधानमन्त्री ओली आफैले खोले नयाँ सरकार चयनको बाटो

काठमाडौं–साउन ९ । नयाँ प्रधानमन्त्री निर्वाचनमा संबैधानिक अड्चनको बहस चल्दैगर्दा सरकारले नै नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

mantriparisadमन्त्रिपरिषद्ले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त हुँदा संसदबाट अर्को प्रधानमन्त्री निवार्चन गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । दलहरु बिभाजित भएका कारण तत्काल संविधान संशोधन सम्भव नहुँने देखेपछि सरकार आफैले नयाँ सरकारका लागि बाटो खुल्ला गरिदिएको हो । सिफारिसमा संघीय प्रतिनिधिसभाको सरकार नबन्दासम्म धारा २९८ अनुसार सरकार बनाउँदा प्रधानमन्त्रीको पद रिक्त भएमा प्रधानमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ ।

मन्त्रिपरिषदले बाधा अड्काउ फुकाउने आदेशका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि अब नयाा प्रधानमन्त्री चयनका सम्बन्धमा सिर्जित कानुन व्यवसायी र दलगत विवाद साम्य भएका छन् । बाधा अड्काऊ फुकाउ बारे संविधानको धारा ३०५ मा ‘यो संविधानबमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काऊ परेमा राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काऊ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।’ भनिएको छ ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनको आह्वान गर्ने बाटो खुलेको छ । राष्ट्रपतिले गरेको बाधा अड्काऊ फुकाउने आदेशलाई संविधानत: संसदले अनुमोदन गरेपछि प्रक्रियामा अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया