देश र जनताको लागि काम गर्दा चक्रव्यूहमा :प्रधानमन्त्री ओली

काठमाडौं–९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणबाट देश र जनतालाई निकास दिएकै कारण आफूलाई राजनीतिक चक्रब्युहमा फसाएर एक्लो बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ ।

ko samsad maआफुलाई अभिमन्युसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले राम्रो काम गरेकै कारण चक्रब्यु रचिएको बताउनुभएको हो । २०५२ सालमा मनमोहन अधिकारीको सरकारलाई बजेटसम्म ल्याउन नदिनेगरि षड्यन्त्र गर्दा भोग्नुपरेको जटिल राजनीतिक अवस्थाको स्मरण गर्दै आफू देशलाई समस्याबाट बचाउन लागिपर्ने बताउनुभयो । अविश्वासको प्रस्तावमाथी संसदमा जवाफ दिदै प्रधानमन्त्री ओलीले संसदीय व्यवस्थालाई अस्वीकार गर्नेहरु र संविधानलाई समर्थन नगर्नेहरु यो प्रक्रियामा सहभागी भएर संविधानलाई सर्वस्वीकार्य बनाएको भन्दै धन्यवाद दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव स्वाभाविक भएपनि सरकारले राम्रो काम गर्दागर्दै अनावश्यक आरोप लाग्नु दु:खद भएको बताउनुभएको थियो । उहाँले संविधान नबेकोमा खुशी हुने र धमिलो पानीमा माछा मार्न खोज्नेहरु सल्बलाइरहेको तर्फ संकेत गर्दै मुलुकलाई द्धन्द्ध र अफ्ठ्यारोमा पुग्नबाट बचाउन सबै सचेत बन्नुपर्ने बताउनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफै उच्चस्तरिय राजनीतिक समितिको संयोजक रहेको र उक्त समितिको एक पटक समेत बैठक नबसी सरकार बिरुद्ध प्रस्तुत हुनु आफै बिरुद्धको अविश्वास हुने बताउनुभयो ।

यसअघि भएका कुनैपनि सहमतिमा सरकार हस्तान्तरणको सहमति नभएको भन्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष स्वार्थगत राजनीतिमा लागेको आरोप लगाउनुभयो । कांग्रेस सहमतिय सरकार गठनको बाधक भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय समृद्धि र आन्तरिक राजनीतिक एकता बिरुद्धको षड्यन्त्रका रुपमा अहिलेको अविश्वास प्रस्ताव आएको बताउनुभयो । बन्दुकबाट राज्य सत्ता कब्जा गर्छु भन्ने र तीनीहरु बिरुद्ध टाउकाको मुल्य तोक्नेहरुबीचको सहकार्य कस्तो भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमालेको महत्वपुर्ण भुमिका रहेको भन्दै अहिले त्यसैको उपहार आफुले पाएको ओलीको जिकिर थियो ।

तपाईको प्रतिक्रिया