वर्तमान राजनीतिक अवस्था बारे राष्ट्रपतिको चासो

काठमाडौं–साउन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरूसँगको परामर्शलाई तीब्रता दिनुभएको छ ।

bidhyaनयाँ सरकार गठनका विषयमा संविधानको व्याख्या र गठन प्रक्रियामा दलहरू विभाजित भएपछि राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग परामर्श थाल्नुभएको हो । राष्ट्रपति भण्डारीले आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । छलफलपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय परम्परा अनुसार अविश्वासको प्रस्ताव पारित भएपछि वर्तमान सरकार स्वतः विघटन भई नयाँ सरकार गठन हुने प्रक्रिया छिटो र सहज हुने राष्ट्रपतिलाई जानकारी दिएको बताउनुभयो ।

जवाफमा राष्ट्रपति भण्डारीले आफू परामर्श तथा सल्लाहमा रहेकाले उपयुक्त निर्णय लिने बताएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले यसअघि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत परामर्श गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया