काठमाडौं–साउन १२ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि संसदलाई आह्वान गरेपछि नयाँ सरकार गठनको कसरत सुरु भएको छ ।
माओवादी केन्द्रको नेतृत्वमा गठन हुने सरकारमा मधेशी मोर्चा सहभागी नहुने बताएपनि कांग्रेसले भने उनीहरूसँग समेत छलफल गरी सरकारमा सहभागी गराउने तयारी थालेको छ । योसँगै नयाँ सरकार बनाउने कसरतमा लागेका दलभित्र मन्त्रिमा को जाने र कसलाई कुन मन्त्रालयको नेतृत्व दिने भन्ने दौडधुप बढ्न थालेको छ ।
मन्त्रि बन्ने लाइनमा रहेका नेताहरु पार्टी नेतृत्वकोमा धाउनेक्रम पनि बढेको छ ।