राष्ट्र निर्माणको संकल्प पुरा गर्छौँ : प्रचण्ड

काठमाडौं–साउन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीले राष्ट्र निर्माण गर्ने संकल्प सहित अघि बढेको उद्घोष गर्नुभएको छ ।

prachandaकाठमाडौंमा ग्रिन सिटी अस्पतालले गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेपालको विकास कसरी गर्ने भन्ने कुराको आफूहरूलाई राम्रो अनुभव भएको भन्दै राष्ट्र निर्माणको संकल्प पुरा गर्ने बताउनुभएको हो । उहाँले आफूले युद्धको मर्म र शान्तिको महत्व बुझेको पनि बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले दलहरूले अब नेपाललाई विकासको बाटोमा लैजानुपर्ने बताउनुभयो ।

नेकपा ऐमालेका नेता लालबाबु पण्डितले सरकारी अस्पतालले नागरिकलाई राम्रो सेवा दिन सक्छ भन्ने विश्वास दिलाउन नसकेको भन्दै दलका नेतृत्वकर्तामा नै आफ्नो देशमा हुने उपचारमा विश्वस्त हुन नसक्दा स्वास्थ्य क्षेत्रको विश्वास गुमेको बताउनुभयो । मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्ने डाक्टर अनिल भट्टराईलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush