सबै मिलेर संकटको सामना गरौँ : उपराष्ट्रपति पुन

काठमाडौं–साउन १२ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक प्रकोपका कारण देशमा आइपरेको संकट समाधान गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

nandakishor-pun1नेपाल रेडक्रस सोसाइटीको स्वर्णजयन्ती महोत्सव उद्घाटन समारोहमा पुनले नेपाली नागरिकमाथि आइपरेको संकट नेपाली नै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो । नागरिकको चाहना अनुरुप समृद्ध नेपाल निर्माणमा राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ छ  ।

उपराष्ट्रपति पुनले राजनीतिक दलहरु एकताबद्ध हुनुको  विकल्प नरहेको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया