सुनुवारले कायम गरे विश्वमै फरक किर्तिमानी

12 13पोखरा– साउन १२ । विश्वका सर्वोच्च शिखर आरोहण गरी त्यहीबाट हाम फाल्दै आएका साहसिक व्यक्ति बाबु सुनुवारले यूरोपको सवोच्च शिखर माउन्ट इलबुसबाट हाम फालेर किर्तिमानी कायम गरेका छन् । यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र दक्षिण अफ्रिकाको अग्लो शिखर विली मन्जरीको सफल आरोहण गरी त्यहीबाट प्याराग्लाइडिङमा हाम फालेका सुनुवारले बुधवार यूरोपको सवोच्च शिखर माउन्ट इलबुसबाट हाम फालेका हुन् । विगत चार बर्षदेखि विश्वका सर्वोच्च शिखर आरोहण गरी त्यहीबाट प्याराग्लाइडिङमा हाम फालेर विश्वमै फरक किर्तिमानी राख्दै आएका उनले अब अन्य महादेशका अग्ला शिखरबाट हाम फालेर किर्तिमानी राख्दै छन् । सुनुवार नेपाल प्यराग्लाइडिङ संघ (नेफा) का प्रमुख प्रशिक्षक पनि हुन् ।

तपाईको प्रतिक्रिया