कपिलवस्तु–साउन १३ । कपिलवस्तुका विभिन्न नदीमा आएको बाढीबाट घरबार गुमाएकाहरू बिचल्लीमा परेका छन् । बाढीले अन्नपात तथा लत्ता कपडा सबै नष्ट भएपछि पीडितहरू बिचल्लीमा परेका हुन् ।
धनकौली गागिस विजगौरीका पीडितले बाढीले घर पूरै भत्काइदिएको र अन्नपात समेत बगाएपछि समस्यामा परेको बताएका छन् । उनीहरूले बाढी गएको तीन दिनसम्म पनि कुनै राहत तथा सहयोग नपाएको गुनासो गरेका छन् । पीडितको सहयोगका लागि विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएपनि सम्बन्धित स्थानमा पुर्याउन नसकेको बताएका छन् । कपिलवस्तुमा करिब ५ सय घरपरिवार बाढीको चपेटामा परेका छन् ।