नेपालमा कोरोना परिक्षण गर्न मात्र आएका बिदेशीको कोभिड १९ परिक्षण नगर्न प्रयोगशालालाई निर्देशन

बैशाख १२, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा कोरोना परिक्षण मात्र गर्ने गरी आएका बिदेशी नागरिकहरुको कोभिड-१९ परिक्षण नगर्न सबै  प्रयोगशालालाई निर्देशन गरेको छ ।

आइतबार मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै  “कोभिड १९ को प्रयोगशाला परिक्षण निर्देशिका २०७७”बमोजिम नेपालका नागरिक, कूटनीतिक निकाय वा मिसनका कर्मचारी वा निजका परिवारहरु र नेपालमा बरिरहेका नेपाली नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्र परिक्षण गर्ने निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया