काठमाडौं उपत्यकामा १४ सय ९८ सहित देशभर ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख १२, काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३१ सय २२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार २ सय ९२ पिसिआर परिक्षणबाट ३ हजार ३२  जना र ७ सय ८६ एन्टीजेनबाट ९० गरी कुल ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

काठमाडौं उपत्यकामा मात्र  १४ सय  ९८ जना रहेका छन् जसमा काठमाडौंमा ११३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जना रहेका छन् ।

 

आज ४ सय ५० जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया