बाँके जिल्ला प्रशासनले १ हप्ता लकडाउनको घोषणा

बैशाख १२, काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२०७८ बैशाख २० गतेसम्म) लकडाउन गर्ने निर्णय गरेको हो।

यस अघि वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया