साताको पहिलो दिन ७५.७९ अंकले घट्यो नेप्से

बैशाख १२, काठमाडौँ-  साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घटेको छ।

आइतबार शेयर बजार ७५.७७ प्रतिशतले घटेर २ हजार ५ सय ७२.२१ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि १२.५६ अंक घटेर ४६४.०५ विन्दुमा झरेको छ ।

आज महिला लघुवित्तीय वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू १९४ ले बढेर अन्तिम मूल्य रू २१३६ कायम भएको हो । आज सर्वाधिक शेयरमूल्य नारायणी विकास बैंक लिमिटेडको ९.२३ प्रतिशतले घटेको छ ।  प्रतिकित्ता रू ५३ ले घटेर अन्तिम मूल्य रू५२१ कायम भएको हो ।

आज सर्वाधिक रकमको शेयर कारोबार नेपाल ईन्फ्रास्टकचर बैंक लिमिटेड (निफ्रा) भएको छ ।  उक्त कम्पनीको रू. ३९ करोड ५२ लाख ५२ हजार ६ सय ४० बराबरको शेयर कारोबार भएको छ ।

आज सबै परिसूचक घटेका छन् । बैंकिङको २.३४ प्रतिशत, विकास बैंक २.९७ प्रतिशत, फाईनान्स ३.४३ प्रतिशत, होटल  तथा पर्यटन ६.१४ प्रतिशत, जलविद्युत ४.३७, प्रतिशत, लगानी ३.३७, जीवन बीमा २.६८, उत्पादन तथा प्रशोधन २.४५, लघुवित्त ३.०६, म्युचुअल फण्ड ०.७०, निर्जीवन बीमा ३.३५ प्रतिशत, अन्य २.३७ प्रतिशत र  व्यापार इन्डेक्स २.८७ प्रतिशतले घटेको छ ।

आज प्रि-ओपन समयमा नेप्से परिसूचक १६अंक बढेको थियो ।

 

 

तपाईको प्रतिक्रिया