तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने निर्माणाधीन पुल फेरी भत्कियो: १ जनाको मृत्यु, २ बेपत्ता

बैशाख १२, भरतपुर महागनरपालिका–१ तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन  पुलको बाँकि अंश फेरी भत्किएको छ । पुल बिहान ९ बजेतिर भत्किएको थियो ।

पुल भत्किँदा १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको र दुईजना मजदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनीहरुको गोताखोरले खोजी गरी रहेको चितवन प्रहरी बताएको छ ।

यस अघि गत चैत २४ गते यो पुल काम नै नलाग्ने गरी भत्किएको थियो ।यो पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् ।

 

तपाईको प्रतिक्रिया