शनिबार २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी, १४ जनाको मृत्यु

बैशाख ११, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६ सय १८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५ सय २५  पिसिआर परिक्षणबाट २४ सय ८६ जना र ११ सय ४३  एन्टीजेनबाट १३३ गरी कुल २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ९७ हजार ८७  जना पुगेका छन् भने ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय ६८ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ७७ हजार १ सय २३ रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ८ सय २८ रहेको छ ।

तपाईको प्रतिक्रिया